खेल

टोटेनह्यामको अघिल्लो चरण यात्रा कठिन, लोरिसलाई रातो कार्ड

काठमाडौं – च्याम्पियन्स लिग फुटबल अन्तर्गत बुधबार राति भएको समूह ‘बी’ को खेलमा इङ्लिस क्लब टोटेनह्याम नेदरल्याण्ड्सको पिएसभी इन्डहोभेनसँग २–२ को बराबरी खेलेको छ।

पिएसभीका लोजानोले २९ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। तर टोटेनह्यामका लुकास मैराले ३९ औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए। ५४ औं मिनेटमा ह्यारी केनले गोल गर्दै टोटेनह्यामलाई २–१ को अवस्थामा पुर्याए।

खेलको ७९ औं मिनेटमा गोलकिपर ह्युगो लोरिस रातो कार्ड खादै मैदान बाहिरिएपछि टोटेनह्याम १० खेलाडीमा समेटिएको थियो। लोरिस बाहिरिएको फाइदा उठाउँदैै पिएसभीका डी जोङले ८७ औं मिनेटमा गोल गर्दै खेललाई पुनः बराबरीको अवस्थामा ल्याए। त्यसपछि दुवै टोलीबाट गोल हुन सकेन र दुवै टोलीले अंक बाडे। 

बराबरीपछि १–१ अंक जोडेका टोटेनह्याम र पिएसभी तेस्रो र चौंथो स्थानमा छन्। बराबरीले टोटेनह्यामको नकआउट चरण प्रवेश गर्ने सम्भावना कमजोर बनेको छ।

प्रकाशित: ८ कार्तिक २०७५ ०७:०१ बिहीबार

फुटबल टोटेनह्याम रातो_कार्ड