खेल

हेराथको संन्यास

कोलम्बो– श्रीलंकाका स्पिनर रंगना हेराथले सोमबार अर्को महिना इङल्यान्डविरुद्ध हुने पहिलो टेस्टपछि अन्तर्राष्ट्रिय खेलजीवनमा पूर्णविराम लगाउने घोषणा गरेका छन्।

४० वर्षे हेराथले इङल्यान्डविरुद्धको तीन टेस्ट शृंखलाका सबै खेल खेल्ने अनुमान गरिएको थियो । तर हेराथले पहिलो टेस्टपछिनै संन्यास सलने बताउका हुन् । तर उनको संन्यासले एउटा संजोक भने जुरेको छ , गले क्रिकेट मैदान । हेराथले १९९९ मा अस्ट्रेलियाविरुद्धको खेलसँगै टेस्ट क्रिकेटमा डेब्यु गर्दा जुन मैदानमा खेलेका थिए उनले खेलजीवनको अन्तिम टेस्ट पनि सोही मैदानमा खेल्ने भएका छन्।

‘हेराथको संन्यासले टोलीलाई धक्का पुग्ने भएपनि हामी उनको निर्णयको स्वागत गर्दै उनलाई श्रीलंकाको क्रिकेटमा पुर्याएको योगदानका लागि धन्यवाद दिन चाहान्छौ,’श्रीलंका क्रिकेट बोर्डले जारी गरेको विज्ञप्त्तीमा भनिएको छ।

९२ टेस्ट खेलेका हेराथले ४ सय ३० विकेट लिइसकेका छन् । उनी श्रीलंकाको सर्वाधिक विकेट लिने खेलाडीको दोस्रो स्थानमा छन् । हेराथले पछिल्लो पटक मार्च २०१५ मा  वेलिङटनमा इङल्यान्डविरुद्धको एक दिवसीय खेल खेलेका थिए । श्रीलंका र वेस्ट इन्डिजविरुद्धको पहिलो टेस्ट नोभेम्बर ६ बाट सुरु हुनेछ।

प्रकाशित: ६ कार्तिक २०७५ ००:०३ मंगलबार

श्रीलंका रंगना_हेराथ संन्यास