खेल

पिएसजीको लगातार दशौं जित

काठमाडौं – फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले एमिएन्सलाई ५–० को फराकिलो गोलअन्तरले पराजित गरेको छ। प्रतियोगिताअन्तर्गत शनिबार राति भएको खेलमा पिएसजीको जितमा १२ औं मिनेटमा मार्किन्होस, ४२ औं मिनेटमा राबिओट, ८० औं मिनेटमा ड्राक्सलर, ८२ औं मिनेटमा एमबाप्पे र ८७ औं मिनेटमा डियाबीले गोल गरे।

यो खेलमा ब्राजिलियन फरवार्ड नेयमारलाई विश्राम दिइएपनि पिएसजीले फराकिलो जित निकालेको हो। नेयमारसँगै पिएसजीले थियागो सिल्भा र थोमस म्युनिरलाई समेत मैदानमा उतारेको थिएन्। जारी लिगमा साविक विजेता पिएसजीको यो लगातार दशौं जित हो। जितसँगै लिगको शीर्ष स्थानमा रहेको पिएसजीको १० खेलबाट ३० अंक जभएको छ। लिगको दोस्रो स्थानमा रहेको लिलले ९ खेलमा १९ अंक जोडेको छ। पराजित एमिएन्स १० खेलबाट १० अंक जोडेर १७ औं स्थानमा छ।
 

प्रकाशित: ४ कार्तिक २०७५ ०१:२५ आइतबार

लिग_वान पिएसजी फुटबल