खेल

भारतको सम्हालिएको प्रदर्शन

हैदराबाद –  अजिन्क्या रहाने र ऋषभ पन्तको उत्कृष्ट ब्याटिङप्रेरित भारतले शनिबार वेस्ट इन्डिजविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङमा सम्हालिएको प्रदर्शन गरेको छ।

दोस्रो दिनको समाप्तिमा भारत ३०८–४ मा खेलिरहेको छ र टोली मात्र ३ रनले पछि छ। पन्त अविजित ८५ र रहाने अविजित ७५ रनमा खेलिरहेका छन्। रहाने र पन्तले पाँचाैं विकेटका लागि अविजित १ सय ४६ रनको साझेदारी गरेका छन्। १ सय २० बल खेलेका पन्तले १० चौका र २ चौका प्रहार गरे । १ सय ७४ बलको सामना गरेका रहानेले ६ चौका प्रहार गरे।

यसअघि २९५–७ बाट दोस्रो दिनको खेल सुरु गरेको वेस्ट इन्डिजले थप १६ रन जोड्दा बाँकी ५ विकेट गुमाएको थियो।

ओपनर लोकेश राहुल (४) लाई ६१ रन जोड्दा पहिलो विकेटको रूपमा गुमाएको भारतले थप ३९ रन जोड्दा अर्का ओपनर पृथ्वी शाहलाई गुमायो। पहिलो टेस्टमा शतक पूरा गरेका शाहले दोस्रो टेस्टमा ७० रन प्रहार गरे। ५३ बल खेलेका शाहले ११ चौका र १ छक्का प्रहार गरे। त्यस्तै कप्तान विराट कोहलीले ७८ बलमा ५ चौकाको मद्दतमा ४५ रन जोडे।

प्रकाशित: २८ आश्विन २०७५ ०२:१८ आइतबार

क्रिकेट भारत