खेल

मैत्रीपूर्ण फुटबलः स्पेन र अर्जेन्टिना विजयी, फ्रान्स बराबरीमा रोकियो

काठमाडौं – मैत्रीपूर्ण फुटबल खेलमा स्पेनले वेल्सलाई ४–१ ले पराजित गरेको छ। प्रतियोगिताअन्तर्गत बिहीबार राति सम्पन्न खेलमा स्पेनको जितमा खेलको ८ र २९ औं मिनेटमा पाको अल्कासेर, १९ औं मिनेटमा सर्जियो रामोस र ७४ औं मिनेटमा मार्स बार्ताले गोल गरे। पराजित टोली वेल्सका लागि एक एक गोल गर्दा वेल्सका साम भोक्सले सान्त्वना गोल फर्काए।

यस्तै अर्जेन्टिनाले इराकलाई ४–० को फराकिलो गोलअन्तरले पराजित गरेको छ। मेस्सी, अग्युइरो र हिग्वीनविना मैदान उत्रीएको अर्जेन्टिनाले अधिकांश युवा खेलाडीलाई मैदान उतारेको थियो। अर्जेन्टिनाको जितमा १८ औं मिनेटमा लाउतारो मार्टिनेज, ५३औं मिनेटमा रोबर्टो परेरा, ८२ औं मिनेटमा जर्मन पजेला र इन्जुरी समयमा फ्रान्को केर्भीले गोल गरे।

यता विश्व विजेता फ्रान्स भने आइसल्याण्डसँग २–२ को बराबरीमा रोकिएको छ। खेलमा दुई गोलले पछि परेको फ्रान्सले बराबरी गर्न सफल भएको हो। आइसल्याण्डका लागि ३० औं मिनेटमा बिर्किर बेन्जरसन र ५८ औं मिनेटमा करी एरनसनले गोल गरेका थिए।

५८ मिनेटमा २ गोल गर्दै अग्रता बनाएको आइसल्याण्डका होल्मार इजोफ्सनले ८६ औं मिनेटमा आत्मघाति गोल उपहार दिएपछि फ्रान्सले अग्रता छोट्याएको थियो। ९०औं मिनेटमा फ्रान्सका युवा स्ट्राइकर किलियन एमबाप्पेले पेनाल्टीमा गोल गर्दै टोलीलाई हार बाट जोगाए।

प्रकाशित: २६ आश्विन २०७५ ०६:५० शुक्रबार

मैत्रीपूर्ण_फुटबल स्पेन अर्जेन्टिना