खेल

युइएफए नेसन्स लिग: रोनाल्डोविनाको पोर्चुगलको संघर्षपूर्ण जित

काठमाडौं – युइएफए नेसन्स लिग फुटबलमा पोर्चुगलले पोल्याण्डलाई ३–२ ले पराजित गरेको छ। बिहीबार राति सम्पन्न खेलमा स्ट्रार स्टाइकर क्रिष्ट्रियानो रोनाल्डोविना मैदान उत्रेको पोर्चुगलले संघर्षपूर्ण खेलमा पोल्याण्डलाई हराएको हो।

पोर्चुगलको जितमा ३१ औं मिनेटमा आन्दे्र सिल्भा र ५२ औं मिनेटमा बर्नार्डो सिल्भाले गोल गर्दा पहिलो हाफको ४२ औं मिनेटमा पोल्याण्डका कामिल ग्लीकले एक आत्माघाति गोलको उपहार दिएका थिए। पराजित टोली पोल्याण्ड लागि १८ औं मिनेटमा पिएटेक र ब्लास्जोस्कोस्कीले गोल फर्काएका थिए।

जितसँगै समूह ‘ए’ को शीर्ष स्थानको पोर्चुगलको २ खेलबाट ६ अंक भएको छ। पोल्याण्ड र इटाली १–१ अंकसहित दोस्रो र तेस्रो स्थानमा छ।

युइएफए नेसन्स लिग अन्तर्गतनै राति भएका अन्य खेलहरूमा रोमानियाले लिथुआनीयालाई २–१, सर्बियाले मोन्टेनेग्रोलाई २–०, अजरबैजानले फारोइ आइसल्याण्डलाई ३–०, कोसोभोले माल्टालाई ३–१ र इजरायलले स्कटल्याण्डलाई २–१ ले पराजित गरेका छन्। यता रसिया र स्विडेनले भने गोलरहित बराबरीमा चित्त बुझाएका छन्।

प्रकाशित: २६ आश्विन २०७५ ०६:०९ शुक्रबार

युइएफए_नेसन्स_लिग पोर्चुगल