खेल

विश्वकप टी–२० क्रिकेट छनोटः आज नेपाल भुटानसँग खेल्दै

काठमाडौं – मलेसियामा जारी विश्वकप टी–२० छनोट क्रिकेटमा नेपालले आजको खेल भुटानसँग खेल्दैछ। स्थानीय समयअनुसार विहान १० बजे नेपाल र भुटानबिच प्रतिस्पर्धा हुने छ।

समूहमा लगातार तीन जित हात पार्दै नेपाल अंक तालिकाको शीर्ष स्थानमा छ।

आफ्नो तेस्रो खेलमा नेपालले (आइतबार) थाइल्यान्डलाई १ सय ४० रनले पराजित गर्दै जित निकालेको थियो। भुटानले भने प्रतियोगितामा अहिलेसम्म एक खेल मात्रै जितेको छ।

सात टोली सहभागी एसियाली समूह बि को छनोट प्रतियोगिताबाट शीर्ष तीन टोली अर्को चरणको छनौटका लागि छनोट हुने छन्।

स्थानीय समयअनुसार विहान १० बजे

प्रकाशित: २३ आश्विन २०७५ ०१:१२ मंगलबार

मलेसिया विश्वकप_टी–२० क्रिकेट