खेल

साफ यु-१८ महिला च्याम्पियनसिपकाे फाइनलमा नेपाल बंगलादेशसँग पराजित

काठमाडाैं - नेपाल भुटानमा सम्पन्न साफ यु–१८ महिला च्याम्पियनसिपको उपाधि हात पार्नबाट चुकेको छ। भुटानको राजधानी थिम्पु स्थित चाङलिमिथाङ रंगशालामा भएकाे खेलमा नेपाल बंगलादेशसँग १-० काे हार व्यहाेर्न वाध्य भयाे। समुह चरणमा भाेगेकाे हारकाे बदला लिँदै उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रेकाे नेपाली टाेली पुन: एकपटक बंगलादेशसँगनै महत्वपूर्ण खेलमा पराजित हुन पुग्याे। पहिलाे हाफकाे खेल गाेल रहित बराबरीमा सकिए पनी दाेस्राे हाफ सुरु भएकाे चाैथाे मिनेटमा नै नेपाली टाेलीले गाेल खान पुग्याे । बंगलादेशका लागि एकमात्रै विजयी गाेल खेलकाे ४९ अाैं मिनेटमा मसुरा परविनले गरिन्। प्रतियाेगिताकाे सर्वाधिक गाेलकर्ता नेपालकी रेखा पाैडेल भइन्।

प्रकाशित: २१ आश्विन २०७५ १५:१८ आइतबार

महिला_च्याम्पियनसिप साफ फुटबल