खेल

बंगबन्धुकाे समुह चरणबाटै बाहिरिएकाे नेपाली टाेली स्वदेश फर्कियाे

काठमाडौ - बङ्गलादेशमा जारी पाँचौँ संस्करणको बङ्गबन्धु गोल्डकपको समूह चरणबाटै बाहिरिएको नेपाली राष्ट्रिय फुटबल टोली आइतवार स्वदेश फर्किएको छ। 

बङ्गबन्धु गोल्डकपको साबिक विजेता समेत रहेको नेपाल यस संस्करणमा समूह चरणको दुवै खेलमा पराजित हुँदै स्वदेश फर्किएको हो। नेपाल पहिलो खेलमा ताजकिस्तानसँग २–० तथा दोस्रो खेलमा प्यालेस्टाइनसँग १–० गोल अन्तरले पराजित हुँदै समूह चराबाटै बाहिरिएको हो।

यसैबीच, यही असोज १३ गतेदेखि शुरु भएर बङ्गबन्धु गोल्डकप अवधिका लागि रोकिएको ‘ए’ डिभिजन लिग फुटबल यही असोज २४ गतेदेखि हुने भएको छ। लिग निर्देशक सञ्जीव मिश्रका अनुसार २४ गते लिग शुरु हुने र २७ गतेदेखि पुनः एक महीनाका लागि लिग स्थगित हुनेछ।

प्रकाशित: २१ आश्विन २०७५ १०:४१ आइतबार

बङ्गबन्धु_गोल्डकप नेपाल फुटबल