खेल

कात्तिक २७ देखि एलपिएल

काठमाडौं –  कैलालीको धनगढीमा कात्तिक २७ गतेदेखि लिटिल फ्लावर प्रिमियर लिग (एलपिएल) क्रिकेट हुने भएको छ।नेपाली क्रिकेटको भविष्य बलियो बनाउनका लागि आयोजना गर्न लागिएको विद्यालयस्तरको क्रिकेट लिगमा देशभरका १२ वटा विद्यालयले सहभागिता जनाउनेछन्। 

१२ टिमलाई चार समूहमा विभाजन गरी लिग कम नकआउट प्रणालीमा सञ्चालन गरिने प्रतियोगितामा प्रत्येक समूहका शीर्ष टोली सेमिफाइलन प्रवेश गर्नेछन्। 

धनगढीस्थित संघीय प्रहरी एकाई कार्यालयको खेलमैदानमा मंसिर ४ गतेसम्म  हुने प्रतियोगिताको विजेताले नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछ । साथै प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद १० हजार रुपैयाँ प्राप्त गर्दा उत्कृष्ट बलर, ब्याट्सम्यान र उदीयमान खेलाडी नगद ५–५ हजार रुपैयाँबाट पुरस्कृत हुने आयोजकले जनाएको छ।

 

प्रकाशित: २१ आश्विन २०७५ ०४:३० आइतबार

एलपिएल क्रिकेट धनगढी