खेल

मोर्गन कलेजको टिमले भारतमा क्रिकेट खेल्ने

काठमाडौं– भारतमा हुने ९ दिने इन्टरनेशनल क्रिकेट खेल्न मोर्गन इन्टरनेशनल कलेजको टिम त्यसतर्फ प्रस्थान गरेको छ।

टोलीलाई बिहीवार कलेजले विदाई गरेको छ। भारतको उत्तर प्रदेशस्थित चन्दाउसी जिल्लामा हुने क्रिकेट प्रतियोगितामा कलेजले टिम सहभागी गराएको हो। मोर्गन टिमले ४ ओटा टि ट्वान्टी र २ ओटा एकदिवसीय खेल खेल्नेछ। 

कलेज टिमको कप्तानी खेमराज खड्काले गरिरहेका छन् भने टिम कोचमा अविनाश जोशीलाई राखिएको छ। कलेज टिम असोज २५ गते स्वदेश फर्किने छ।

प्रकाशित: १८ आश्विन २०७५ १४:१९ बिहीबार

क्रिकेट मोर्गन_कलेज भारत