खेल

लामिछानेलाई एनसेलको साथ

काठमाडौं – एनसेल प्राईभेट लिमिटेडले शुक्रबार युवा क्रिकेटर सन्दिप लामिछानेलाई आफ्नो ‘स्टार हम्बल हिरो’मा दुई वर्षका लागि आबद्ध गरेको छ । राजधानीमा एनसेलले एक कार्यत्रमको आयोजना गरी युवा क्रिकेट लामिछानेलाई स्टार हम्बर हिरोको रुपमा दुई वर्षका लागि आबद्ध गरेको हो। 

कार्यक्रममा एनसेलका प्रमुख कर्मसियल अधिकृत एण्डी चोङले लामिछानेलाई आवद्ध गरेका हुन् । कार्यक्रम पछि लामिछानेले एनसेलको पहल सरहानिय भएको बताए। 

‘देशमा रहेका प्रतिभालाई प्रेरणा तथा हौसला प्रदान गर्न एनसेलले सुरु गरेको यो पहल वास्तवमै सरहानिय छ । यसले हामी सबैलाई आफ्नो सपनाप्रति प्रतिबद्ध रहँदै समाजमा केहि गर्ने उर्जा प्रदानगर्ने विश्वास छ ।’ सन्दिपले भने । यस्तै एनसेलका प्रमुख कमर्सियल अधिकृत चोङ्ले लामिछानेलाई एनसेलसँग जोड्न पाएकोमा खुसी लागेको बताए।

‘नेपाली क्रिकेटका चम्किला तारा सन्दिपलाई स्टार हम्बल हिरोको रुपमा घोषणा गर्न पाएकोमा हामी निकै हर्षित छौं । उनको उर्जा तथा मनोभाव हाम्रो सृजनशील र सफलता अभिमुख संस्कृतिको विकास तथा प्रवर्धन गर्ने उद्देश्यसित मेल खान्छ ।’ प्रमुख कमर्सियल अधिकृत चोङ्ले भने। 

प्रकाशित: १३ आश्विन २०७५ ०५:५८ शनिबार

सन्दिप_लामिछाने स्टार_हम्बल_हिरो एनसेल