खेल

एपिएल क्रिकेट प्रतियोगिता सुरु

अर्घाखाँची - अर्घाखाँची सामुदायिक विकास क्लवको आयोजनामा दोस्रो अर्घाखाँची प्रिमियर लिग ( एपिएल ) क्रिकेट प्रतियोगिता शुक्रवार देखि सुरु भएको छ। प्रतियोगिताको सन्धिखर्क नगरपालिकाका उपप्रमुख ठाकुर कुमार विकले व्याटिङ्ग गरेर उद्घाटन गरे। उद्घाटन समारोहमा बोल्दै उपप्रमुख विकले खेलकुद क्षेत्रको विकासका लागि सन्धिखर्क नगरपालिकाको कार्यालयले आवश्य सहयाेग गर्ने बताए। ‘प्रत्येक वडामा खेल मैदान निर्माण हुन लागिरहेका छन्’ उनले भने, ‘सबै स्थानीय तहले खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिनुपर्छ।’ उनले प्रदेश र केन्द्रबाट समेत खेलकुदका लागि जिल्लामा वजेट ल्याउनु पर्ने बताए।

प्रतियोगितामा चार टिमले सहभागिता जनाएका छन्। असाेज २२ गते सम्म सञ्चालन हुने प्रतियाेगिताकाे विजेताले १ लाख ५ हजार र उपविजेताले ५५ हजार रुपैयाँ प्राप्त गर्ने अायाेजकले जानकारी दिएकाे छ। यो पुरस्कार जिल्लामा भएका सबै खेल प्रतियोगिता मध्येको अहिले सम्मकै सर्वाधिक हो।

 

प्रकाशित: १२ आश्विन २०७५ ११:५४ शुक्रबार

एपिएल क्रिकेट