खेल

फ्रेन्ड्स क्लबको मुख्य प्रायोजक इन्भेष्टमेन्ट बैंक

काठमाडौं – फ्रेन्ड्स क्लबलाई ‘ए’ डिभिजन लिग अवधिभरका लागि नेपाल इन्भेष्टमेन्ट बैंकले मुख्य प्रायोजन गर्ने भएको छ। शनिबारदेखि शुरु हुने ‘ए’ डिभिजन लिगका लागि बैंकसँग क्लबले सो सम्बन्धी सम्झौता गरेको हो।

सम्झौताअनुसार बैंकले क्लबलाई लिग अवधिभरका लागि १० लाख उपलब्ध गराउने छ। क्लबले बैंकको लोगो अङ्कित जर्सी लगाउनेछ। क्लबको सह–प्रायोजकको रुपमा पञ्चकन्या ग्रुप रहेको छ।

सहमतिअनुसार पञ्चकन्याले सहप्रायोजकबापत क्लबलाई ५ लाख उपलब्ध गराउने क्लबका अध्यक्ष राजीव पौडेलले जानकारी दिए। दुबै सम्भौता ‘ए’ डिभिजन लिगको अवधिभरका लागि कायम हुनेछ। यसअघि समेत बैंकले क्लबलाई मुख्य प्रायोजकको रुपमा सहकार्य गर्दै आएको थियो। करिब ४ वर्ष लिग रोकिएपछि दुबैको सहमतिमा सम्झौता स्थगित गरिएको थियो।

 

प्रकाशित: १२ आश्विन २०७५ ०७:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App