खेल

अन्तरविद्यालय कराँते सम्पन्न

काठमाडौं – नेपाल एकायन कराते संघको आयोजनामा भएको चौथो कंकेश्वरी अन्तरविद्यालय एकायन कराते प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा काठमाडौंस्थित विभिन्न विद्यालयका पुरुष र महिला गरी कुल १ सय २० जना खेलाडीको सहभागिता थियो।

जसअतर्गत पुरुष २५ केजीमुनि तौलसमूहमा अनिज क्षत्री, ३० केजीमुनि तौलसमूहमा एलिस राई, ३५ केजीमुनि तौल समूहमा सोम घले, ४० केजीमुनि तौलसमूहमा सजिन महर्जन, ५५ केजीमुनि तौलसमूहमा जयमान तामाङ र ५५ केजीमाथिको प्रतियोगितामा विजय तामाङले स्वर्ण जिते।

महिलातर्फ ३० केजीमुनि तौलसमूहमा आकृति राया क्षेत्री, ४५ केजीमुनि तौलसमूहमा मनीषा घले र ४५ केजीमाथि तौलसमूहमा प्रकृति स्थापितले स्वर्ण जिते।

प्रकाशित: ९ आश्विन २०७५ ०४:०९ मंगलबार

कंकेश्वरी_अन्तरविद्यालय कराँते