खेल

करातेमा नेपाललाई रजत

काठमाडाैं - ब्रिटिस ओपन इन्टरनेसनल कराते प्रतियोगिताकाे पुरुष टिम कुमुतेमा नेपालले रजत जितेको छ। ब्रिटिस कराते फेडेरेसनको आयोजनामा युकेको लेचेस्टरमा सेप्टेम्बर २२ देखि २३ तारिखसम्म भएको प्रतियोगितामा नेपालका तर्फबाट विनोद शाक्य गुभाजु, विप्लवलाल श्रेष्ठ र सोनाम लामाले प्रतिस्पर्धा गरेका थिए।

टिम प्रशिक्षकको भूमिकामा समेत रहेका विनोदका अनुसार सोनामले ६० केजीमुनि तौलसमूहमा थप १ कास्य पनि हात पारे। तेश्रो स्थानका लागि भएको प्रतिस्पर्धामा सोनामले स्कटल्यान्डका खेलाडीलाई पराजित गरेका प्रशिक्षक विनोदले जानकारी दिए।

प्रकाशित: ८ आश्विन २०७५ १३:५२ सोमबार

कराते रजत