खेल

फुल कन्ट्याक्ट कराते साेमवार हुने

काठमाडाैं - इन्टरनेसनल फेडेरेसन अफ क्योकुसिन काइकान कराते नेपाल (आईएफकेके) को आयोजनामा प्रथम राष्ट्रिय पुरुष तथा महिला तौल समूह फुल कन्ट्याक्ट कराते प्रतियोगिता सोमवार हुने भएको छ। प्रतियोगितामा विभिन्न ५ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक आईएफकेकेका संस्थापक अध्यक्ष प्रेम लामाले जनाकारी दिए।

पुरुषतर्फ ३५ केजीमुनि, ५५ केजीमुनि र ६० केजीमुनि तौलसमूहमा प्रतिस्पर्धा हुनेछ भने महिलामा ४५ केजीमा खेल हुनेछ। त्यस्तै स्कुलतर्फ पुरुष २५ केजीमुनि भिडन्त हुनेछ। एकदिने प्रतियोगितामा करिब १ सय ५० खेलाडीको सहभागिता रहने अध्यक्ष लामाले जानकारी दिए। एकदिने प्रतियोगिताका खेलहरु त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुनेछ।

प्रकाशित: ७ आश्विन २०७५ ०९:५३ आइतबार

कराते