खेल

फुटबल सिक्दै बालबालिका

सदरमुकाम सिन्धुलीमाढीको लोकतान्त्रिक चौरमा फुटबल सिक्दै बालबालिका।    तस्बिर अनिल/नागरिक

सिन्धुली – सिन्धुलीको कमलामाई नगरपालिका ६ स्थित लोकतान्त्रीक चौरमा साताको शुक्रबार र शनिबार साना साना बालबालिका समुह बनाएर फुटबल खेल्दै गरेका भेटिन्छन्। नयाँ फुटबल खेलाडी उत्पादनका लागि अखिल नेपाल फुटबल संघको आयोजना तथा जिल्ला फुटबल संघको समन्वयमा बालबालिकालाई फुटबल तालिम दिन सुरु गरिएको हो।

दुई नगरपालिका र सात गाँउपालिका रहेको सिन्धुलीमा जिल्लास्थित विभिन्न स्थानीय तहमा ५ वर्षदेखि १२ वर्षसम्मका बालबालिकालाई फुटबलको सीप सिकाई नयाँ खेलाडी उत्पादनका लागि सहयोग पुग्ने अपेक्षाले फुटबल तालिमको आयोजना भएको जिल्ला फुटबल संघ सिन्धुलीका उपाध्यक्ष विजय कुवरले जानकारी दिए। साताको प्रत्येक शुक्रबार र शनिबार तालिम दिइने गरिएको उनले जनाए।

फुटबलको तालिममा सरकारी र निजी विद्यालयका बालबालिका सहभागी भएको जिल्ला फुटबल संघ सिन्धुलीका अध्यक्ष लक्षु देवकोटाले जानकारी दिए।  देशका ४५ जिल्लामा गत हप्ताबाटनै तालिम सुरु भएको र सोही अनुसार सिन्धुलीमा पनि बालबालिकालाई फुटबलको तालिम दिइएको देवकोटाले जनाए। हामीले २ सय बढी बालबालिका यो तालिममा सहभागि भएका छन्, उनले भने, ‘तालिम अवधिभरी फुटबलमा बालालिकाले चासो देखाए नयाँ खेलाडी प्रशस्तै उत्पादन हुन्छन्। 

तालिम आयोजना गर्न तथा खेलमैदान सरसफाई गर्नका लागि एन्फाले पाँच लाख रुपैयाँ बजेट समेत उपलब्ध गराएको उनले बताए। गत हप्ता नै खेल सिक्ने बालबालिकालाई खेल्नका लागि आवश्यक पर्ने बल लगायतका केही सामाग्री समेत एन्फाबाट उपलब्ध भएको जिल्ला खेलकुद संघले जनाएको छ।

खेलका लागी तालिम दिने तथा बेला बेलामा आयोजना हुने भएपनि सिन्धुलीका स्थानीय तहमा मात्रै नभएर सदरमुकामै पनि खेल्न उपयोगि खेलमैदान अभाव भएको खेलाडी बताउछन्। एउटा चौर छ, वर्षामा हिलो र हिउँदमा धुलोले भरिएको हुन्छ त्यसलाई सुधार गर्न कुनै निकायले ध्यान दिदैनन् एक खेलाडीले भने। 

प्रकाशित: ६ आश्विन २०७५ ०८:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App