खेल

ढोरपाटन, गीताञ्जली र एपिएफ सेमिफाइनलमा

विपक्षीकाे प्रहार राेक्दै एपिएफ (राताे) का खेलाडी । तस्बिर साैजन्य : एन्फा

काठमाडौं – ढोरपाटन, गीताञ्जली र विभागीय टोली एपिएफ पाँचाैं ढोरपाटन राष्ट्रिय खुला पुरुष भलिबल प्रतियोगितमा सेमिफाइनल प्रवेश गरेका छन्। 

गाेंगबुस्थित ढोरपाटन स्पोर्ट्स सेन्टरको कोर्टमा बिहीबारको आआफ्नो खेलमा जित हात पार्दै अन्तिम चारमा प्रवेश गरेका हुन् ।  खेलमा ढोरपाटनले थ्री स्टार एकेडेमीलाई ३–२ को सेटमा पराजित गरेको थियो। 

पहिलो सेट २५–२२ ले जितेको ढोरपाटनले दोस्रो सेट  ३२–३० ले आफ्नो पक्षमा पारेको थियो । त्यसपछि लगातार दुई सेट गुमाएको ढोरपाटनले अन्तिम सेट १५–१३ को रोमाञ्चक जित हात पार्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । थ्री स्टारले तेस्रो र चौथो सेट २५–१८ र २५–१५ ले जितेको थियो। 

बिहीबार नै सम्पन्न अर्को खेलमा सशस्त्र प्रहरीको एपिएफले पाल्पालाई ३–० को सेटमा पराजित गरेको हो ।  पहिलो सेट २५–२० ले आफ्नो पक्षमा पारेको एपिएफले दोस्रो र तेस्रो सेट २५–१५ र २५–१६ ले जितेको थियो।

यसै गरी बिहीबारको अन्तिम खेलमा गीताञ्जली कलेजले बुढानीलकण्ठलाई पनि ३–० कै सोझो सेटमा पराजित गरेको थियो । प्रतिपर्धात्मक पहिलो सेट २८–२६ ले जितेको गीताञ्जलीले दोस्रो र तेस्रो सेट २५–१४ र २५–२३ ले आफ्नो पक्षमा पारेको थियो।

यती ब्रुअरी प्रालिको उत्पादन इनर्जी ड्रिङ्स एम–१५० ले मुख्य प्रायोजन गरेका प्रतियोगिताको विजेताले १ लाख रुपैयाँ प्राप्त गर्नेछ । दोस्रो हुनेले ६० हजार र तेस्रो हुने टिमलाई ५० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल पाउनेछन् । व्यक्तिगत विधाअन्तर्गत स्पाइकर, ब्लकर, डिफेन्डर, सर्भर, लिफ्टर र प्रशिक्षकलाई ५ हजार प्रदान गरिनेछ। 

प्रकाशित: ५ आश्विन २०७५ ०४:१८ शुक्रबार

राष्ट्रिय_खुला_पुरुष_भलिबल तीन_टाेली सेमिफाइनल