खेल

समयमै साग गर्छाैं : श्रेष्ठ

खेलकुद पत्रकार मञ्चद्वारा सम्मानित पत्रकार सीताराम अग्रहरीलाई सम्मानपत्र प्रदान गर्दै ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ (बायाँ) ।    तस्बिरः नागरिक

काठमाडौं – नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले १३औं दक्षिण एसियाली खेलकुद (साग) जुनसुकै हालतमा पनि सम्पन्न गर्न नेपाल सरकार र आफूहरू प्रतिबद्ध रहेको बताएका छन्।

बुधबार नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को १४औं साधारणसभामा बोल्दै श्रेष्ठले नेपाल साग खेलकुदको आयोजकबाट पन्छिएको भन्ने खबरमा कुनै सत्यता नरहेको बताए।

‘भौतिक संरचनाको निर्माण ढिलाइका कारण प्रतियोगिता भनेकै मितिमा आयोजना नभए पनि हामी २०१९ भित्रै सफलतापूर्वक आयोजना गर्न प्रतिबद्ध छाैंं,’ अध्यक्ष श्रेष्ठले भने, ‘प्रतियोगिता स्थल सारिएको भन्दै सञ्चारमाध्यममा आएका खबरमा कुनै सत्यता छैन ।’ १३औं साग २०१९ मार्च ९ देखी १८ सम्म काठमाडोैंमा हुने प्रस्ताव छ।

सोही कार्यक्रममा मञ्चले नेपाली खेलकुद पत्रकारितामा उल्लेखनीय योगादन पुर्याएको भन्दै अग्रज खेलकुद पत्रकार सीताराम अग्रहरीलाई एनएसजेफ पत्रकारिता पुरस्कार  तथा राजधानी दैनिकका दिलबहादुर तामाङलाई एनएसजेफ युवा प्रोत्साहन पुरस्कार प्रदान गरेको छ । अग्रहरीले सम्मानस्वरूप नगद १५ हजार हात पार्दा लामाले एआइपिएस एसियाले उपलब्ध गराएको मिनी आइप्याड हात पारे।

साधरण सभाले मञ्चका महासचिव प्रकाश तिमल्सिनाले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष प्रज्वल ओलीले प्रस्तुत गरको आर्थिक वर्ष २०७३–७४ र २०७४–७५ आर्थिक प्रतिवेदन पारित गरेको छ।

प्रकाशित: ४ आश्विन २०७५ ०४:३४ बिहीबार

ओलम्पिक_कमिटी साग जीवनराम_श्रेष्ठ