खेल

राष्ट्रिय फुल कन्ट्याक्ट कराते साेमवार हुने

काठमाडौं - इन्टरनेसनल फेडेरेसन अफ क्योकुसिन काइकान कराते नेपाल (आइएफकेके) को आयोजनामा प्रथम राष्ट्रिय पुरुष तथा महिला तौल समूह फुल कन्ट्याक्ट कराते प्रतियोगिता हुने भएको छ। आगामी सोमबार हुने उक्त प्रतियोगितामा विभिन्न पाँच विधामा प्रतिस्पर्धा हुने आयोजक आइएफकेकेका संस्थापक अध्यक्ष प्रेम लामाले बुधवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए।

पुरुषतर्फ ३५ किलोमुनि, ५५ किलोमुनि तथा ६० किलोमुनि तौल समूहमा प्रतिस्पर्धा हुनेछ, भने महिलातर्फ ४५ किलो तौल समूहमा प्रतिस्पर्धा हुनेछ। त्यस्तै विद्यालयतर्फ पुरुष २५ किलोमुनि तौल समूहमा खेल हुनेछ। एकदिने सो प्रतियोगितामा करीब १५० खेलाडीको सहभागिता रहने आयोजक संस्थाले जनाएको छ । खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद्को कभर्डहलमा खेलाइनेछ । 

प्रकाशित: ३ आश्विन २०७५ ०९:४६ बुधबार

कराते