खेल

समूह चरणका खेल आजबाट सुरु हुँदै, कुन–कुन टोली भिड्दै ?

काठमाडौं – युरोपियन क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता च्याम्पियन्स लिग फुटबलको नयाँ सिजन मंगलबार (आज) बाट सुरु हुँदैछ। च्याम्पियन्स लिगमा मंगलबार समूह ‘ए’, ‘बी’, ‘सी’ र ‘डी’ गरी ४ समूहका आठ खेलहरु हुनेछन्।

समूह चरणको पहिलो खेलमा समूह ‘बी’ मा रहेका स्पेनिस क्लब बार्सिलोना र  नेदरल्याण्डसको पीएसभी इन्डोभेनबीत प्रतिस्पर्धा हुँदैछ। खेल बार्सिलोनाले घरेलु मैदान राति १०ः४० मा सुरु हुनेछ। त्यस्तै सोही समूहको अर्को खेलमा इङ्लिस क्बल टोटेनह्याम र इटालियन क्लब इन्टर मिलान आमने सामने हुनेछन्। खेल नेपाली समयअनुसार राति १०ः४० मा इन्टरको मैदानमा हुनेछ।

यस्तै समूह ‘सी’ मा रहेको साविक उपविजेता इङ्लिस क्लब लिभरपुलले फ्रान्सको पेरिस सेन्ट जर्मेन (पिएसजी) संग खेल्दैछ। खेल लिभरपुलको घरेलु मैदानमा राति १२ः४५ बाट सुरु हुनेछ। सोही समूहको अर्को खेलमा इटालियन क्लब नेपोली र सर्बियन क्लब रेड स्टार बेलग्रेड भिड्दैैछन्। खेल नेपाली समयअनुसार राति १२ः४५ देखि सुरु हुनेछ ।

यता समूह ‘ए’ मा रहेको जर्मन क्लब बोरुसिया डर्टमण्डले बेल्जियमको क्लब ब्रुग्रीको सामना गर्नेछ। खेल राति १२ः४५ बाट सुरु हुनेछ। यही समूहको अर्को खेलमा फ्रान्सेली क्लब मोनाको र स्पेनिस क्लब एट्लेटिको मड्रिडपनि आमने सामने हुँदैछन्। खेल राति १२ः४५ बाटै सुरु हुनेछ।

त्यस्तै लिग अन्तर्गत समूह ‘डी’ मा रहेको जर्मन क्लब शाल्केले पोर्चुगीज क्लब एफसी पोर्टोसँग प्रतिस्पर्धा गर्दैछ। सोही समूहको अर्को खेलमा टर्कीको गालातासारेले रसियन क्बल लोकमोतिभ मस्कोसंग प्रतिस्पर्धा गर्नेछ। दुवै खेल राति १२ः४५ मा सुरु हुनेछ।

 

प्रकाशित: २ आश्विन २०७५ ०६:२१ मंगलबार

च्याम्पियन्स_लिग फुटबल