खेल

जब मैदानमा उत्रियाे उर्जामन्त्रीकाे जाेडी (फाेटाे फिचर)

रोल्पा– संविधान दिवसको अवसर पारेर रोल्पामा आयोजित जिल्लास्तरीय पुरुष खुला डबल ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ। उर्जामन्त्री बर्षमान पुनले आइतवार एक औपचारिक कार्यक्रममा खेलको उद्घाटन गरेका हुन। संविधान दिवस जिल्ला समारोह समितिको आयोजनमा संचालन हुने खेलमा १६ टिमको सहभागिता रहेको छ। 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका मन्त्री पुनले आफूले खेल क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धता गरे। उनले भने, ‘रोल्पामा कुनै राष्ट्रिय स्तरको खेलकुद आयोजनाका लागि पहल गर्ने छु। तपाईहरुले ठुलो कवर्डहल बनाउनुस, नसकेको मैले पनि हेर्ने छु।’

रोल्पा सदरमुकामस्थित कवर्ड हलमा पूर्वसभामुख ओनसरी घर्तीसंगै मन्त्री पुनले कार्यक्रमको उद्घाटन खेल खेलेका थिए। उर्जा मन्त्री बर्षमान पुन र रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसीको विरुद्धमा पूर्वसभामुख ओनसरी घर्ती र जिल्ला समन्वय समितिका प्रमुख राजबहादुर बुढा भिडेका थिए। श्रीमान श्रीमती फरक फरक टिमबाट ब्याडमिन्टन खेलिरहेकाे दृश्य राेचक थियाे। याे दृश्यले हलमा खुसीयाली छाएको थियो। 

उर्जामन्त्री र पूर्वसभामुखले खेलेर उद्घाटन गरेको ब्याडमिन्टन खेलको संचालन रोल्पा जिल्ला ब्याडमिन्टन संघले गर्ने छ।

ब्याडमिन्टन रोल्पा पूर्वसभामुख_ओनसरी_घर्ती उर्जामन्त्री_वर्षमान_पुन