खेल

एसिया कप अाजदेखि

तस्विर : अाइसिसि

काठमाडाैं - १४ औं संस्करणको एसिया कप क्रिकेट प्रतियोगिता आजदेखि (शनिवार) युएइमा सुरु हुँदैछ। दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने आजको उद्घाटन खेलमा श्रीलंका र बंगलादेशबीच खेल हुनेछ। खेल नेपाली समय अनुसार सवा ५ बजे सुरु हुनेछ।

एसिया कपमा कुल ६ राष्ट्र सहभागी रहेका छन्। भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, अफगानिस्तान टेष्ट मान्यता प्राप्त राष्ट्रका हैसियतले सिधै एसिया कपमा प्रवेश पाएका थिए भने हङकङले केहि दिन अघि मलेसियामा सम्पन्न एसिया कप छनोटको उपाधी जित्दै प्रतियोगितामा आफ्नो स्थान सुरक्षित गरेको थियो। ६ राष्ट्र सहभागी छनोट प्रतियोगितामा नेपाल भने चौथो स्थानमा रह्यो।

प्रतियोगिताका सहभागी राष्ट्रलाई दुई समुहमा विभाजन गरिएको छ। समुह ए मा भारत, पाकिस्तान र हङकङ रहेका छन् भने समुह बी मा अफगानिस्तान, श्रीलंका र बंगलादेश रहेका छन्। प्रतियोगिताको फाइनल खेल भने असोज १२ गते हुनेछ।

प्रकाशित: ३० भाद्र २०७५ ०९:५२ शनिबार

एसिया_कप दुबई