खेल

यु–१५ साफ पुरुष च्याम्पियनसिपको ड्र सार्वजनिक, नेपाल कठिन समूहमा

(फाइल फाेटाे)

काठमाडौं – आगामी अक्टोबर २५ देखी ३ नोभेम्बरसम्म काठमाडौंमा हुने साफ यु–१५ पुरुष च्याम्पियनसिप फुटबलमा नेपाल कठिन समूहमा परेको छ।

बंगलादेशको राजधानी ढाकामा बिहीबार सार्वजनिक गरिएको ड्र मा नेपाल कठिन मानिएको समूह ‘ए’ मा परेको हो। ललितपुरस्थित एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने प्रतियोगितामा नेपालको समूहमा बंगलादेश, पाकिस्तान र माल्दिभ्स जस्ता बलिया टोली छन्। यस्तै समूह ‘बी’ मा भारत, श्रीलंका  र भुटान छन्।

समूह विजेता र उपविजेता टोलीले सेमिफाइनलमा स्थान बनाउने छन्। प्रतियोगिताको खेल तालिका भने सार्वजनिक हुन बाँकी छ। गतवर्ष पनि यो प्रतियोगिता नेपालमा आयोजना भएको थियो जसमा नेपाललाई हराउँदै भारतले उपाधि जितेको थियो।

 

प्रकाशित: २९ भाद्र २०७५ ०६:३२ शुक्रबार

काठमाडौं साफ_फुटबल कठिन_समूह