खेल

साफ च्याम्पियनसिप सेमिफाइनल : पहिलाे हाफमा नेपाल विरुद्ध माल्दिभ्सकाे अग्रता

गाेल गरेपछि माल्दिभ्सका खेलाडी ।

काठमाडाैं - साफ च्याम्पियनसिप अन्तर्गत माल्दिभ्ससँगको सेमिफाइनल खेलमा नेपाल पहिलो हाफमा १–० गोलले पछि परेको छ।  बंगलादेशस्थित बंगबन्धु रंगशालामा जारी खेलको पहिलो हाफको नवौं मिनेटमा माल्दिभ्सले खेलमा अग्रता बनाएको हो। माल्दिभ्सकालागि अक्रम अब्दुल घानीले फ्रि किक मार्फत गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका थिए। नेपालका बिमल घर्तीमगरले माल्दिभ्सका अलि फासिरलाई लडाएपछि पाएको फ्रि किकमा उनले सुन्दर गोल गरेका हुन्।

खेलको २८ औं मिनेट चलिरहँदा हावाहुरीसँगै ठुलो वर्षा भएपछि केहि समय खेल स्थगीत गरिएको थियो। खेल पुनः सुचारु भएपछि नेपालले आक्रामक खेल प्रस्तुत गरेपनि पहिलो हाफको अन्त्य सम्ममा भने बराबरी गोल फर्काउन सकेन। पहिलाे पटक साफ च्याम्पियनसिपकाे फाइनलमा स्थान बनाउने लक्ष्यका साथ नेपाली फुटबल टाेली मैदान उत्रेकाे छ। अाजै हुने दाेश्राे सेमिफाइनलमा भारत र पाकिस्तानबीच खेल हुनेछ।

प्रकाशित: २७ भाद्र २०७५ ११:२२ बुधबार

साफ_च्याम्पियनसिप