खेल

समर्थकलाई टिकट बेच्न प्रतिबन्ध

लन्डन – युइएफएले रेड स्टार बेलग्रेडमाथि च्याम्पियन्स लिगका दुई अवे खेलमा समर्थकलाई टिकट बेच्न प्रतिबन्ध लगाएको छ। 

गत महिला सम्पन्न प्लेअफमा साल्जबर्गको घरेलु मैदानमा भएको खेलमा बेलग्रेडका समर्थकले मैदानमा अभद्र व्यवहार गर्नुका साथै प्यारापिटमा तोडफोडसमेत गरेका थिए । २–२ को बराबरीपछि पनि अवे गोलको आधारमा च्याम्पियन्स लिगमा छनोट भएको बेलग्रेडका समर्थकले खुसी मनाउने क्रममा मैदान प्रवेश गर्नुका साथै मैदानमा आतिसबाजीसमेत गरेका थिए।

युइएफएको अनुशासन कमिटीले बेलग्रेडलाई ३० हजार युरोको जरिवाना तिराउनुका साथै साल्जबर्गको घरेलु मैदानमा भएको क्षतिबारे ३० दिनभित्र सम्पर्क गरी क्षतिपूर्ति तिर्नसमेत निर्देशन दिएको छ।

युइएफएको प्रतिबन्धसँगै बेलग्रेडका समर्थकले च्याम्पियन्स लिग समूह ‘सी’ अन्तर्गत अक्टोबर ३ मा पेरिस सेन्ट जर्मन (पिएसजी) र अक्टोबर २४ मा लिभरपुलको घरेलु मैदानमा हुने खेलको टिकट खरिद गर्न पाउने छैनन्।

 

प्रकाशित: २७ भाद्र २०७५ ००:२० बुधबार

युइएफए टिकट