खेल

मोलिसलाई अन्तरकलेज फुटसल उपाधि

काठमाडौं – प्रथम डिएभी अन्तरकलेज फुटसल प्रतियोगिताको उपाधि ललितपुरको मुनलाइट सेकेन्डरी स्कुल (मोलिस कलेज) ले जितेको छ।

जावलाखेलस्थित डिएभी कलेजको फुटसल मैदानमा लिग कम नकआउटका आधारमा भएको प्रतियोगिताको शनिबार सम्पन्न फाइनलमा मोलिसले लिभरपुल कलेजलाई पेनाल्टी सुटआउटमा निराश पारेको हो । प्रतियोगितामा अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोग रहेको थियो।

विजेता मोलिस कलेजले नगद रु एक लाख र ट्रफी हात पा-यो । मोलिस कलेजका आभास योन्जन प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित हुँदा लिभरपुलका विविध विष्टले सर्वाधिक गोलकर्ता र लिभरपुलकै सौरभ कुटुले उत्कृष्ट गोलकिपरको अवार्ड जिते।

भदौ २२ गतेदेखि ३ दिनसम्म चलेको प्रतियोगितामा उपत्यकाका विभिन्न ३८ कलेज र आलोजकका दुई टोली गरी कुल ४० टोलीको सहभागिता थियो।

समापन कार्यक्रममा बोल्दै कलेजका निर्देशक सुमन बस्नेतले सहभागी सबै कलेजलाई धन्यवाद ज्ञापन गर्दै यो प्रतियोगिताले आगामी वर्षमा पनि निरन्तरता पाउने बताए।

प्रकाशित: २५ भाद्र २०७५ ०३:२५ सोमबार

मोलिस फुटसल_उपाधि