खेल

सेरेनालाई १७ हजार डलर जरिवाना

काठमाडौं– अमेरिकी टेनिस खेलाडी सेरेना विलियम्सलाई १७ हजार अमेरिकी डलर जरिवाना गरिएको छ। युएस ओपन टेनिसको फाइनल खेलमा अम्पायरमाथि अभद्र व्यवहार गरेको र खेलको नियम तोडेको अभियोगमा अमेरिकाको टेनिस एसोसिएसन, युएसटिएले उनलाई जरिवाना तिराएको हो। 

फाइनलमा जापानकी २० वर्षे नाओमी ओसाकाले सेरेनालाई हराएकी थिइन्। हारपछि सेरेना अम्पायरमाथि खनिएकी थिइन। उनले अम्पायरकै कारण आफू हारेको र करियरमाथि धक्का लागेको बताएकी थिइन। अम्पायरलाई उनले तिमी चोर हौ भनेकी थिइन। उनको व्यवहारले सेरेनालाई आफ्नो आइडल मान्ने ओसाका पनि दुःखी भएकी थिइन।

प्रकाशित: २५ भाद्र २०७५ ०२:५१ सोमबार

सेरेना_विलियम्स जरिवाना युएस_ओपन_टेनिस