खेल

नेपाली क्रिकेट टोली स्वदेश फिर्ता

फाइल तस्विर

काठमाडौं - मलेसियामा सम्पन्न एसिया कप छनोट प्रतियोगितामा सहभागिता जनाएकाे नेपाली क्रिकेट टोली  शुक्रवार स्वदेश फर्किएको छ। युएइमा यसै महिना हुने एसिया कपमा छनाेट हुने लक्ष्य सहित मलेसिया पुगेकाे नेपाली क्रिकेट टाेली अंक तालिकाकाे चाैथाे स्थानमा रहन पुग्याे। प्रतियाेगिता अन्तर्गत खेलेका ५ खेलमा नेपालले २ मा जित तथा ३ मा हार व्यहाेर्याे। नेपाल अाेमान,युएइ तथा हङकङ सँग पराजित भएकाे थियाे भने अायाेजक मलेसिया र सिंगापुरलार्इ पराजित गरेकाे थियाे।

६ राष्ट्रकाे सहभागिता रहेकाे उक्त प्रतियाेगिताकाे उपाधी हङकङले जितेकाे थियाे। फाइनलमा युएइलार्इ २ विकेटले पराजित गर्दै हङकङले एसिया कपमा स्थान सुरक्षित गरेकाे थियाे।

प्रकाशित: २२ भाद्र २०७५ ०८:३० शुक्रबार

एसिया_कप_छनोट नेपाली_क्रिकेट_टोली