खेल

नेपाली क्रिकेट टोली शुक्रबार स्वदेश फर्किने

काठमाडौँ- मलेसियामा भएको एशिया कप छनोट क्रिकेट प्रतियोगितामा सहभागिता जनाएको नेपाली टोली शुक्रबार स्वदेश फर्किने भएको छ। टोली शुक्रबार दिउँसो मालिन्डो एअरबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने नेपाली टोलीका व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिए।
एशिया कपमा छनोट हुने लक्ष्यसहित मलेसिया पुगेको नेपाली टोली चौथो स्थानमा रहयो। राउण्ड रोविन लिगमा पाँच खेल खेलेको नेपालले दुई खेलमा जीत तथा तीन खेलमा हार बेहोरेको थियो। नेपालले आयोजक मलेसिया र सिङ्गापुरलाई पराजित गरेको थियो भने ओमन, संयुक्त अरब इमिरेट्स (युएइ) र हङकङसँग पराजित भएको थियो। रासस 

 

प्रकाशित: २१ भाद्र २०७५ १०:३१ बिहीबार

क्रिकेट राष्ट्रिय_टोली