खेल

डिएभीले अन्तरकलेज फुटसल गर्ने

काठमाडौं –डिएभी कलेजले भदौ २१ गतेबाट उपत्यकाव्यापी अन्तरकलेज फुटसल प्रतियोगिताको आयोजना गर्ने भएको छ।

डिएभी कलेजकै फुटसल मैदानमा हुने प्रतियोगिता २२ गतेसम्म चल्ने र प्रतियोगितामा राष्ट्रिय परीक्षा बोर्ड (एनइबी)  अन्तर्गतका २५ वटा कलेजहरूले प्रतिस्पर्धा गर्ने आयोजकले बताएको छ।

लिग कम नकआउटका आधारमा खेलाइने यस प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजार रुपियाँ नगद हात पार्नेछन् । त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षकलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ।

 

प्रकाशित: १९ भाद्र २०७५ ००:०७ मंगलबार

डिएभी_कलेज फुटसल