खेल

हुयस्काको पोस्टमा बार्सिलोनाको ८ गोल

काठमाडौं– स्पेनिस ला लिगामा बार्सिलोनाले हुयस्काको पोस्टलाई ८–२ गोलले पराजित गरेको छ। 

घरेलु मैदानमा आइतबार राति भएको खेलमा बार्सिलानाले ६ गोल अन्तरको सानदार जित हात पारेको हो। जितसँगै बार्सिलोना ९ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ। ला लिगामा बार्सिलोनाको यो लगातार तेस्रो जित हो। 

बार्सिलोनाका लागि कप्तान लियोनल मेस्सीले र लुइस स्वारेजले समान २–२ गोल गरे। उसमान डेम्बेले, इभान रेकिटिक र जोर्डी अल्बाले एक–एक गोल गरे। हुयस्काका पुलिडोको आत्मघाती प्रहारले थप एक गोल उपहार पायो।

हुयस्काका लागि हर्नान्डेज र गालार फाल्गुएराले एक एक गोल गरे। 

आइतबार राति भएका अन्य खेलमा एलाभेसले स्पानियोललाई २–१ तथा रियल बेटिसले सेभिल्लालाई १–० ले परािजत ग-यो भने लेभान्टे र भ्यालेन्सियाले २–२ को बराबरी खेल्दै अंक बाँडे। 

प्रकाशित: १८ भाद्र २०७५ ०३:०५ सोमबार

ला_लिगा बार्सिलोना हुयस्का