खेल

रजत विजेता प्याराग्लाइडिङ टोली स्वदेश फिर्ता

काठमाडौं– इन्डोनेसियामा आइतबार सम्पन्न १८ औं एसियाली खेलकुदमा रजत विजेता नेपाली प्याराग्लाइडिङ पुरुष टोली स्वदेश फर्किएको छ। नेपाली टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा लगायत खेलकुद पदाधिकारीले स्वागत गरेका छन्। 

प्रशिक्षक योगेश भट्टराईको नेतृत्वमा विमल अधिकारी, युकेश गुरुङ, विजय गौतम, सुशील गुरुङ र विशाल थापा रहेको टोलीले एसियाडमा पुरुष क्रस कन्ट्रीमा रजत पदक जितेको थियो। 

एसियाडमा नेपाललाई पदकविहीन हुनबाट जोगाएको प्याराग्लाइडिङ टोलीका सदस्यलाई सरकारले ५/५ लाख रुपैयाँ दिने घोषणा गरिसकेको छ।

प्रकाशित: १७ भाद्र २०७५ १६:२० आइतबार

एसियाली_खेलकुद प्याराग्लाइडिङ रजत