खेल

बंगबन्धु गोल्डकपः नेपाल प्यालेस्टाइन र ताजिकिस्तानको समूहमा

काठमाडौं – नेपाल बंगबन्धु अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको समूह ‘ए’ मा परेको छ। बंगलादेश फुटबल महासंघले सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालसहित समूह ‘ए’ मा प्यालेस्टाइन र ताजिकिस्तान रहेको छ।

समूह ‘बी’ मा आयोजक बंगलादेश, लाओस र फिलिपिन्स रहेका छन्। पाँचौं संस्करणको उक्त प्रतियोगिता आगामी असोज १५ देखि २७ गतेसम्म बंगलादेशको राजधानी ढाकामा हुनेछ।

नेपाल बंगबन्धु  कपको अघिल्लो संस्करण सन् २०१६ को विजेता हो। बंगलादेशका राष्ट्रपिता बंगबन्धु शेख मुजिबुर रहमानको स्मृतिमा उक्त प्रतियोगिता आयोजना गरिएको हो।    

 

प्रकाशित: १७ भाद्र २०७५ ०८:३३ आइतबार

बंगबन्धु_गोल्डकप नेपाल