खेल

साफ च्याम्पियनसिप खेल्न नेपाली टोली आइतबार ढाका जाने

काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टोली आइतबार बङ्गलादेश जाने भएको छ। ढाकामा हुने १० औं संस्करणको साफ च्याम्पियनसिपमा भाग लिन २९ सदस्यीय नेपाली टोली त्यसतर्फ जान लागेको हो। टाेली आइतबार बिहान १० बजे ढाका प्रस्थान गर्ने छ।

प्रतियोगितामा आयोजक बङ्गलादेशसहित नेपाल, भारत, भुटान, माल्दिभ्स, पाकिस्तान र श्रीलङ्काले प्रतिस्पर्धा गर्नेछन्। नेपाल समूह ‘ए’ मा रहेको छ। नेपालको समूहमा बङ्गलादेश, पाकिस्तान र भूटान रहेका छन्। समूह ‘बी’ मा भने भारत, माल्दिभ्स र श्रीलङ्का छन्। 

नेपालले पहिलो खेल भदौं १९ मा पाकिस्तानसँग खेल्नेछ। त्यस्तै भदौं २१ मा भुटान र भदौं २३ मा बंगलादेशसंग खेल्नेछ। समुहको शीर्ष दुई टोली अघिल्लो चरणमा प्रवेश गर्नेछन्। प्रतियोगिता भदौ १९ देखि ३० गतेसम्म चल्नेछ ।

नेपाली टोलीमा किरण चेम्जोङ, विकेश कुथु, एलन न्यौपाने, दिनेश राजवंशी, देवेन्द्र तामाङ, विराज महर्जन, अनन्त तामाङ, आदित्य चौधरी, रोहित चन्द, सुमन अर्याल, हेमन्त थापा मगर, हेमन गुरुङ, विशाल राई, सुनिल वल, सुजल श्रेष्ठ, निराजन खड्का, भरत खवास, विमल घर्तीमगर, नवयुग श्रेष्ठ र अन्जन विष्ट रहेका छन्। 

 

प्रकाशित: १५ भाद्र २०७५ १०:३३ शुक्रबार

साफ_च्याम्पियनसिप नेपाली_टोली ढाका