खेल

बुढानिलकण्ठको फराकिलो जित

काठमाडौं – युलेन्द्रध्वज इन्टरस्कुल छात्र तथा छात्रा बास्केटबल प्रतियोगितामा बिहीबार बुढानिलकण्ठ, डेफोडियल र बाबा बोर्डिङ स्कुलले छात्र तर्फको खेलमा जित हात पारेका छन्। 

ठमेलस्थित गोदावरी एल्मुनाई एसोसिएसन (जिएए) को कोर्टमा जारी प्रतियोगितामा छात्रतर्फ अर्चित थापाको सर्वाधिक ११ स्कोरको मद्दतमा बुढानिलकण्ठले ब्लुबर्ड स्कुललाई ४१–१ को स्कोरमा पराजित गर्दा अर्को खेलमा डेफोडियलले बन्देश पोखरेलको सर्वाधिक ११ स्कोरको मद्दतमा फ्यूचर स्टारलाई १५–७ को स्कोरले हरायो।

त्यस्तै बाबा बोर्डिङ स्कुलले सेन्ट जेभियर्स स्कुललाई ४०–४ को फराकिलो स्कोेरले निराश पार्यो । बिहीबारी सम्पन्न छात्रा तर्फको खेलमा सेन्ट जेभियर जावालाखेलले डेफोडियललाई ११–० को स्कोरमा निराश पार्दा सिद्धार्थ बनस्थलीले सेन्ट जेभियरर्स गोदावरीलाई १४–२ को स्कोरले पराजित गर्याे । मंगलबार सुरू भएको प्रतियोगितामा छात्रतर्फ ११ तथा छात्रातर्फ ६ टिमको सहभागिता रहेको छ। 

 

प्रकाशित: १५ भाद्र २०७५ ०४:०१ शुक्रबार

बुढानिलकण्ठ बास्केटबल