खेल

नेपालको एक सय रन पुरा, सम्हालिएको प्रदर्शन गर्दै

काठमाडाैं - युएइ विरुद्धको खेलमा ४३ रनको स्कोरमै ३ विकेट गुमाएर संकटमा परेको नेपाली क्रिकेट टोलीले २९ दशमलव २ ओभरमा १ सय रन पुरा गरेको छ। एसिया कप छनोट अन्तर्गत दोश्रो खेलमा युएइ विरुद्ध २ सय ५५ रनको विजयी लक्ष्य पछ्याइरहेको नेपालले खराब सुरुवात गरेपनि अहिले सम्हालिएको प्रदर्शन गरिरहेको छ। १५ दशमलव २ ओभरमानै कप्तान, उपकप्तान तथा पछिल्लो समय उत्कृष्ट लयमा रहेका सागर पुनलाई गुमाउँदै संकटमा परेको नेपाली इनिङ अहिले केहि सम्हालिएर खेलिरहेको छ। 

नेपालले पहिलो ओभरको चौथो बलमानै ४ रनको स्कोरमा उपकप्तान ज्ञानेन्द्र मल्ललाई गुमाएको थियो। त्यसपछि ८ दशमलव ३ ओभरमा नेपाल ३३ रनको स्कोरमा छदाँ नेपाली टोलीका कप्तान पारस खड्का १६ रन को स्कोरमा स्टम्पिङ हुन पुगे। त्यसपछि नेपालले ४३ रनको स्कोरमा ओमान विरुद्धको खेलमा उत्कृष्ट ब्याटिङ गरेका सागर पुनलाई १५ दशमलव २ ओभरमा गुमाउन पुग्दा संकटमा परेको थियो। सागर पुन ३ रनमा आउट हुन पुगे। बुधबार ओमान विरुद्ध भएको खेलमा पुनले ८३ रन जोडेका थिए। बुधवारकाे खेलमा नेपाल अाेमानसँग ७  विकेटले पराजित भएकाे थियाे।

 

प्रकाशित: १४ भाद्र २०७५ ०७:५१ बिहीबार

एसिया_कप_छनाेट नेपाल युएइ