खेल

एसिया कप छनोटः नेपालद्वारा ओमानसामु २ सय २२ रनको लक्ष्य प्रस्तुत

काठमाडौं – मलेसियामा जारी एसिया कप छनोटको पहिलो खेलमा नेपालले ओमानसामु २ सय २२ रनको लक्ष्य प्रस्तुत गरेको छ। बायुमास ओभल मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले पूरै ५० ओभरमा ९ विकेट गुमाउदै २ सय २१ रन बनाएको छ।

नेपालको पालीमा सागर पुनले सर्वाधिक ८३ रनको योगदान दिएका छन्। सागरले ८४ बलको सामना गर्दै ६ चौंका र २ छक्का प्रहार गरे। त्यस्तै ओपनर ज्ञानेन्द्र मल्लले ६० बलमा ६ चौंका र १ छक्काको मद्दतमा ४५, आरिफ शेखले ३६ र करण केसीले नटआउट २६ रनको योगदान दिए। 

त्यस्तै कप्तान पारस खड्काले ८, सुबास खकुरेलले ४, दिपेन्द्र सिंह ऐरीले ९, सोमपाल कामीले ५ रन बनाउदा  र रोहितकुमार पौडेल शुन्य, रनमा आउट भए।

सुरुवातमै लगातार ४ विकेट गुमाएको नेपालका लागि सागर पुन र आरिफ शेखको जोडिले इनिङ उकासेको थियो। ओमानका लागि बिलाल खान, मोहमेद नदिम र अजय लालचेटाले समान २–२ विकेट लिए। अबको केही समयपछि ओमानले जवाफी ब्याटिङ गर्नेछ। 

 

प्रकाशित: १३ भाद्र २०७५ ०५:३८ बुधबार

क्रिकेट मलेसिया एसिया_कप_छनोट नेपाल_भर्सेस_अाेमान