खेल

१८ अाैं एसियाड : करातेमा नेपालका साेनाम पराजित

काठमाडाैं - इन्डोनेसियामा जारी एसियन गेम्स अन्तर्गत कराते तर्फ आज (अाइतवार) नेपालका सोनाम लामा पराजित भएका छन्। रिपाजे बाउट प्रवेसको लागि भएको खेलमा सोनाम भियतनामका खेलाडी न्गुएन भान हाईसंग ३ – ० ले पराजित भएका हुन्।

यो सँगै करातेमा चार खेलाडीको स्पर्धा सकिएको छ। अब नेपालका चार खेलाडीले करातेमा प्रतिस्पर्धा गर्न बाँकी रहेको छ। यसअघि नेपालका पर्शुराम बास्तोला, चन्चला दनुवार र रिता कार्की पराजित भईसकेका छन्।

प्रकाशित: १० भाद्र २०७५ ०९:०१ आइतबार

एसियन_गेम कराते