खेल

प्रिमियर लिगमा आर्सनल र लिभरपुल विजयी

काठमाडौं – आर्सनल, लिभरपुल र लेस्टर सिटी इङ्लिस प्रिमियर लिग फुटबलमा विजयी भएका छन्। प्रतियोगिताअन्तर्गत शनिबार राति भएका खेलमा आर्सनलले वेस्टह्याम युनाइटेडलाई ३–१ गोल अन्तरले पराजित गरेको छ।

सुरुवाती दुई खेल गुमाएको आर्सनलले वेस्टह्यामविरुद्ध भने जित निकालेको हो। आर्सनलको जितमा नाचो मोनरेल र डेनी वेलबेकले एक–एक गोल गर्दा वेस्ट ह्यामका लासा डिओपले एक आत्माघाति गोल उपहार दिएका थिए। मार्को अर्नोटोभिकले खेलको २५ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएपनि त्यसलाई जोगाउन नसक्दा वेस्ट ह्याम पराजित हुन पुग्यो। 

यस्तै अर्को खेलमा लिभरपुलले ब्राइटनलाई १–० को झिनो अन्तरले हरायो। लिभरपुलको जितमा खेलको २३ औं मिनेटमा मोहमद सलाहले गरेको गोल नै निर्णायक बन्यो। 

त्यस्तै राति नै भएका अन्य खेलमा लेस्टर सिटीले साउथ ह्याम्पटनलाई २–१ ले पराजित गर्दा बर्नमाउथ र एभर्टनले २–२ तथा हर्डल्सफिल्ड र कार्डीफले गोल रहित बराबरी खेल्दै अंक बाडेका छन्।  

 

प्रकाशित: १० भाद्र २०७५ ०५:३७ आइतबार

आर्सनल लिभरपुल इङ्लिस_प्रिमियर_लिग