खेल

मोराडीको विश्व कीर्तिमान

जकार्ता – इरानका सोराब मोराडीले शनिबार एसियाली खेलकुदअन्तर्गत भरोत्तोलनमा स्वर्ण पदक जित्ने क्रममा १९ वर्षदेखि कायम रहेको विश्व कीर्तिमान तोडेका छन्।

मोराडीले  पुरुष ९४ केजी तौलसमूहमा स्न्याचतर्फ  १ सय ८९ केजी उठाउँदै १९९९ मा ग्रिसका अकाकियोस काकियासभिलिसको १ सय ८८ केजी तौलको कीर्तिमान तोडेका हुन्।

मोडारीले २०१७ मा क्लिन एन्ड जर्कतर्फ २ सय ३३ केजी र समग्रमा ४ सय १७ केजी उठाउँदै विश्व कर्तिमान रचेका थिए।
९४ केजी तौल समूहमा कतारका फारेस एल्बाकले रजत जित्दा थाइल्यान्डका सुम्पाराडिट सारतले कांस्य पदक जिते।

प्रकाशित: १० भाद्र २०७५ ०४:४१ आइतबार

सोराब_मोराडी एसियाली_खेलकुद भरोत्तोल