खेल

प्रिमियर लिगमा आज ६ खेल हुँदै, कुन खेल कुन समयमा ?

काठमाडौं – इङ्लिस प्रिमियर लिग फुटबलमा शनिबार (आज) ६ खेलहरू हुँदैछन्। नेपाली समयअनुसार साँझ ५ः१५ मा सुरु हुने आजको पहिलो खेलमा साविक विजेता म्यानचेस्टर सिटी र ओल्भरह्याम्टन भिड्दै छन्।

त्यस्तै राति ७ः४५ मा ४ वटा खेल हुनेछन्। जसमा साउथह्याम्टन र लेस्टर सिटी, आर्सनल र वेष्टह्याम, एएफसी बर्नमाउथ र एर्भटन तथा हडल्सफिल्ड टाउन र कार्डीफ सिटी आमने सामने हुनेछन्। यस्तै राति १०ः१५ मा हुने आजको अन्तिम खेलमा लिभरपुल र ब्राइटनबीच प्रतिस्पर्धा हुनेछ। 

प्रिमियर लिगको दोस्रो चरणका खेलहरू सकिँदा म्यानचेस्टर सिटी शीर्ष स्थानमा छ। त्यस्तै लिभरपुल दोस्रो, चेल्सी तेस्रो, वार्टफोर्ड चौंथो तथा टोटेनह्याम पाँचौं स्थानमा रहेका छन्।

प्रकाशित: ९ भाद्र २०७५ ०५:५६ शनिबार

प्रिमियर_लिग फुटबल शनिबार