खेल

१८ अाैं एसियाड : भलिबलमा नेपालकाे चुनाैती सकियाे

काठमाडाैं - इन्डोनेसियामा जारी १८ औं संस्करणको एसियन गेम्स अन्तर्गत भलिबलमा नेपालको चुनौती समाप्त भएको छ।पुरुष भलिबल अन्तर्गत आज (शुक्रवार) भएको समूह चरणको दोस्रो खेलमा नेपाल दक्षिण कोरियासंग ३ – ० को सोझो सेटमा पराजित भयो। समूह डी मा रहेको नेपाललाई दक्षिण कोरियाले २५ – १६, २५ – १३ र २५ – १४ को सेटमा पराजित गर्यो।

समूह चरणकाे दुवै खेलमा पराजय बेहोरेसंगै नेपालको चुनौती सकिएको हो। यसअघि नेपाल पहिलो खेलमा चाईनिज ताईपेईसंग ३–० को सोझो सेटमा पराजित भएको थियो।

प्रकाशित: ८ भाद्र २०७५ ११:५९ शुक्रबार

एसियाड भलिबल