खेल

भारतले जित्यो तेस्रो टेस्ट

नटिङ्घम- भारत र इङ्ल्यान्डबीच ट्रेन्टब्रीजमा खेलिएको तेस्रो टेस्ट क्रिकेट म्याचमा भारतले इङ्ल्यान्डलाई २०३ रनले पराजित गरेको छ। 

जितका लागि ५२१ रनको विशाल लक्ष्य पाएको इङ्ल्यान्डको टोली दोस्रो इनिङमा ३१७ रनमै समेटिएको थियो। भारतका लागि जसप्रित बुमराहले ५ विकेट लिएका थिए भने इसान्त शर्माले २ विकेट लिए। त्यसैगरी रविचन्द्र अश्विन, मोहमद शामी र हार्दिक पान्ड्याले एकएक विकेट लिएका थिए। 

पहिलो इनिङमा भारतले ३२९ रन बनाएको थियो भने इङ्ल्यान्डले केबल १६१ रनमात्र बनाएको थियो। दोस्रो इनिङमा भारतले ७ विकेटको क्षतिमा ३५२ रन बनाई इनिङ समाप्तिको घोषणा गरेको थियो। 

भारतका तर्फबाट कप्तान बिराट कोहलीले पहिलो इनिङमा ९७ रन र दोस्रो इनिङमा १०३ रन बनाएका थिए। इङ्ल्यान्डका तर्फबाट दोस्रो इनिङमा जस बट्लरले १०६ रनको महत्वपूर्ण योगदान गरेका थिए। 

पाँच म्याचको यस शृङ्खलामा इङ्ल्यान्डले २ र भारतले १ खेल जितेका छन्। अरु दुई खेल साउथाम्टन र लन्डनमा खेलिनेछन्। 

प्रकाशित: ६ भाद्र २०७५ १२:०५ बुधबार

टेस्ट_क्रिकेट भारत इंग्ल्यान्ड