खेल

प्रिमियर लिगमा लिभरपुलको लगातार दोस्रो जित

काठमाडौं – लिभरपुलले इङ्लिस प्रिमियर लिग फुटबलमा लगातार दोस्रो जित निकालेको छ। लण्डनस्थित सेलहस्र्ट पार्कमा सोमबार राति सम्पन्न एकमात्र खेलमा लिभरपुलले क्रिस्टल प्यालेसलाई २–० ले हरायो।

लिभरपुलको जितमा जेम्स मिल्नर र  साडियो माने गोल गरे। खेलको ४५ औं मिनेटमा क्रिस्टल प्यालेसका खेलाडीले लिभरपुलका मोहम्मद सलाहलाई डिबक्समा लडाएपछि पाएको पेनाल्टीमा जेम्स मिल्नरले गोल गरे। पहिलो हाफमा एक गोलको अग्रता लिएको लिभरपुलले दोस्रो हाफमा थप एक गोल थप्यो। उसका लागि दोस्रो हाफको अतिरिक्त समयमा साडियो मानेले गोल गरे।

७५ औं मिनेटमा लिभरपुलका मोहम्मद सलाहलाई फउल गरेपछि आरोन वान विसाका रातो कार्ड पाउँदै मैदानबाट बाहिरिदा क्रिस्टल प्यालेसका १० खेलाडीमा सिमित भएको थियो। जितसँगै लिभरपुल तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। 

 

प्रकाशित: ५ भाद्र २०७५ ०४:३३ मंगलबार

लिभरपुल प्रिमियर_लिग दोस्रो_जित