खेल

एसियाडकाे लन टेनिसमा राणा दिदीबहिनीकाे जाेडी प्रि-क्वार्टरफाइनल प्रवेश

काठमाडाैं - इन्डोनेसियामा जारी एसियाडको महिला लन टेनिसको डबल्समा राणा दिदीबहिनी मायांका र माहिका २–० को सोझो सेटमा विजयी भएका छन्। सोमवार सम्पन्न खेलमा दिदीबहिनीको जोडीले माल्दिभ्सका अमिनाथ इर्फा महिर र जिना अब्दुल रसिदको जोडीमाथि जित निकाले। उनीहरुले माल्दिभ्सलार्इ ६–४, ६–१ को सोझो सेटमा पराजित गर्दै प्रि क्वाटरफाइनमा स्थान बनाउन सफल भए।

पुरुष ब्याडमिन्टन
नेपालको पुरुष ब्याडमिन्टन टोली सोमबार चाइनिज ताइपेई विरुद्धको क्वाटरफाइनलमा ३–० को सोझो सेटमा पराजित भएको छ। एकल तर्फ रत्नजीत तामाङ चाइनिज ताइपेईका चाउ तिन्चेनसँग २१–१३, २१–१६ को नतिजामा पराजित हुँदा दीपेश धामीले वाङ तिजुवेईलाई २१–५, २१–१४ को सोझो सेटमा नतिजा सुम्पिए। तेस्रो खेलमा नवीन श्रेष्ठ पनि जेन्हाओ एमएसयूसँग २१–१०, २१–११ को सोझो सेटमा पराजित भए। 

साईक्लीङ
एसियाली खेलकुदको साईक्लीङ तर्फ साेमवार नेपालले माउन्टेन बाईकको डाउनहिल विधामा प्रतिस्पर्धा गरेको छ। पुरुष डाउनहिलमा नेपालका राजेश मगर सातौं स्थानमा रहे। उनी स्वर्ण पदक जित्न सफल ईन्डोनेसियाका खोईफुल मुकिबभन्दा ११ दशमलव ८५ सेकेण्डले पछि परे। यो स्पर्धामा चाईनिज ताईपेईका शेङसान चियानले रजत पदक जित्दा सुब्साकुन सुक्छान्याले कास्य पदक हात पारे। साईक्लीङको क्रस कन्ट्री रेस मंगलवार हुनेछ। यो विधामा महिलातर्फ लक्ष्मी राई र पुरुषतर्फ बुद्धिबहादुर तामाङले प्रतिस्पर्धा गर्दैछन्।

 

प्रकाशित: ४ भाद्र २०७५ १४:२२ सोमबार

एसियाड लन_टेनिस राणा_दिदीबहिनी