खेल

एसियाडमा निमाकाे राष्ट्रिय कीर्तिमान

काठमाडाैं - इन्डोनेसीयामा जारी एसियाली खेलकुद एसियाडमा हालसम्म नेपालले पदक जित्न नसकेपनि नेपालकी निमा घर्तीमगरले राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। निमाले उसुको थाउलोको नान्डोमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी हुन्।

सोमवार भएको प्रतिष्पर्धामा निमाले ९ दशमलव १७ अंकका साथ राष्ट्रिय कीर्तिमान कायम गरेकी हुन्। राष्ट्रिय कीर्तिमान कायम गरेपनि निमा कुल १२ खेलाडी सहभागी स्पर्धामा अन्तिमवाट दोश्रो स्थानमा रहिन। निमा जारी प्रतियोगितामा राष्ट्रिय कीर्तिमान कायम गर्ने पहिलो खेलाडी समेत बनेकी छिन् । दक्षिण एसियालि खेलकुद सागमा भने उनले स्वर्णपदक हात पारेकी थिइन्। आइतवार नानक्वानमा भने उनले निराशाजनक प्रदर्शन गरेकी थिइन्। 

यस्तै सोमवारनै भएको पौडीमा टिसा शाक्यले महिला १०० मिटर फ्रिस्टाइलको व्यक्तिगत प्रदर्शनमा सुधार गरेकी छिन। जीबीके स्टेडियमको एक्वाटिक सेन्टरमा बिहान भएको प्रतिस्पर्धामा शाक्यले १ मिनेट ०३.९६ सेकेन्डमा निर्धारित दूरी पार गरेकी हुन्। उनको यसअघिको व्यक्तिगत प्रदर्शन भने १ मिनेट ०७.२५ सेकेन्ड रहेको थियो। यस इभेन्टको राष्ट्रिय कीर्तिमान भने रियो ओलम्पिककी कान्छी खेलाडी गौरिका सिंहको नाममा छ। गौरिकाको नाममा १ मिनेट ००.७९ सेकेन्डको राष्ट्रिय कीर्तिमान रहेको छ। एसियाडमा भने उनले १ मिनेट ००.८२ सेकेन्डमा दूरी पार गरिन गौरिकाले १२ औं दक्षिण एसियाली खेलकुदमा एक रजत र तीन कांस्य पदक जितेकी थिइन्।  

तेक्वान्दोमा एक जित
सोमबारै तेक्वान्दोको पुरुष ५८ केजीमुनि तौल समूहमा नेपालका सागर गुमाजुले भुटानका तेन्जिङ दोर्जेलाई ५४–४० अंकले हराउदै अन्तिम १६ मा स्थान बनाएका छन्। महिलातर्फ सोमवारै भएका खेलमा नेपाली चेलीहरुले हार व्यहोरेका छन्। महिला ५३ केजी तौल समूहमा निमा गुरुङ पराजित भइन। उनी लेवनानकी एओन लातितियासँग २३–१० अंकले पराजित भइन। त्यस्तै, संगीता बस्याल महिला ६७ केजीमुनि अन्तिम १६ मा फिलिपिनी खेलाडी अर्पोन डार्लेनीसँग २०–१७ अंकले पराजित भइन। 
 

प्रकाशित: ४ भाद्र २०७५ ०८:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App