खेल

एसियाली खेलकुदमा नेपाली फुटबल टाेली भियतनामसँग पराजित

काठमाडाैं - इन्डोनेसियामा जारी १८ औं एसियाली खेलकुद अन्तर्गतको पुरुष फुटबलमा नेपाल भियतनामसँग पराजित भएको छ। विहिवार सम्पन्न खेलमा नेपालको यु-२३ टोली भियतनामसँग २-० ले पराजित भएको हो। भियतनामका लागि खेलको ३४ औं मिनेटमा गुयन डकले गोल गरेका थिए भने दोश्रो गोल फान भान डकले खेलको ६४ औं मिनेटमा गरेका थिए।

नेपालले खेलमा फर्कने थुप्रै अवसर सिर्जना गरेपनि गोल गर्न नसक्दा प्रतियोगितामा दोश्रो हार व्यहोर्न वाध्य भयो। यसअघिको खेलमा नेपाल जापानको यु २१ टोलीसँग १-० ले पराजित भएको थियो। नेपालले समूह चरणको अन्तिम खेलमा शनिबार दक्षिण एसियाली प्रतिद्वन्द्वी पाकिस्तानविरुद्ध बेकासीको प्याट्रियट रंगशालामा खेल्नेछ भने भियतनामले जापानको समाना गर्नेछ।

 

प्रकाशित: ३१ श्रावण २०७५ १४:३० बिहीबार

इन्डोनेसिया एसियाली_खेलकुद फुटबल नेपाल