काठमाडौं – चीनमा सम्पन्न माउन्ट गोवालिगोङ अल्ट्रा (टिएचटी) म्याराथनको उपाधि नेपाली धाविका सुनमाया बुढाले जितेकी छिन्।
स्थानीय समयानुसार आज बिहान ०६ः३३ बजे शुरु भएको म्याराथनमा विश्वका ९३ देशका २९३ खेलाडीलाई पछि पार्दै उनले सो उपाधि जितेकी हुन्।
सुनमायाले निर्धारित ५५ किलोमिटर दूरी ५ घण्टा ४४ मिनेट ४९ सेकेण्ड लगाएर पार गर्दै प्रथम भइन। त्यस्तै ७ घण्टा २ मिनेट ४२ सेकेण्ड लगाएर संयुक्त राज्य अमेरिकाकी मेरिडिथ इडवार्डस् दोस्रो तथा ७ घण्टा ३६ मिनेट ४२ सेकेण्ड लगाएर चीनकी च्याङपिङ फ्याङ तेस्रो भइन्।
म्याराथन वेनझी गुवाङ चाङ स्क्वायरबाट सुरु भई हेसुन ऐन्सेट टाउनमा पुगेर सकिएको थियो।
प्रकाशित: २४ श्रावण २०७५ ०६:०२ बिहीबार